Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आन्दोलन घोषणा गरेका दुर्गा प्रसाईसँग वार्ता गर्ने तयारीमा गृहमन्त्री

आन्दोलन घोषणा गरेका दुर्गा प्रसाईसँग वार्ता गर्ने तयारीमा गृहमन्त्री

आइतवार , कार्तिक २३, २०८२

काठमाडौं । मंसिर ७ गतेदेखि आन्दोलन सुरु गर्ने घोषणा गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग वार्ता गर्ने तयारीमा गृह मन्त्रालय पुगेको छ ।

प्रसाईंले काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलमार्फत आफ्नो मागबारे पत्राचार गरेपछि गृह मन्त्रालयले संवादका लागि पहल अघि बढाएको हो ।

प्रशासनले वार्ताका लागि आह्वान गर्दै विज्ञप्ति जारी गरेपछि दुबै पक्षबीच २६ कात्तिकमा भेटवार्ता हुने तयारी भएको मन्त्रालय स्रोतले जनाएको छ ।

गृहमन्त्री ओमप्रकाश अर्याल स्वयंले प्रसाईंसँग प्रत्यक्ष रूपमा कुरा गर्ने र उनका मागहरू सुन्ने तयारी भएको बताइएको छ ।

प्रसाईंले पछिल्ला दिनमा हिन्दुराष्ट्र पुनःस्थापना र राजसंस्था पुनर्स्थापनाको माग गर्दै आन्दोलनको घोषणा गरेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077