Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारलाई युवा संघको एकहप्ते अल्टिमेटम - सुदन गुरुङको नागरिकता छानबिन गर्नू

सरकारलाई युवा संघको एकहप्ते अल्टिमेटम - सुदन गुरुङको नागरिकता छानबिन गर्नू

शनिवार , कार्तिक २२, २०८२

काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले हामी नेपाल संस्थाका संस्थापक सुदन गुरुङको नागरिकता विषयमा सरकारलाई एकहप्ते अल्टिमेटम दिएको छ ।

शनिबार बसेको संघको पदाधिकारी बैठकले गुरुङको नागरिकता सत्य–असत्यको छानबिन तत्काल गर्न सरकारलाई आग्रह गर्दै तोकिएको समयसीमाभित्र नतिजा सार्वजनिक गर्न चेतावनी दिएको हो ।

बैठकपछि निर्णय सार्वजनिक गर्दै संघका प्रवक्ता निरोज पौडेलले भने, 'सुदन गुरुङको नागरिकता सक्कली हो कि नक्कली भन्ने प्रश्नमा सरकारले छानबिन गरी एक हप्ताभित्र वास्तविकता सार्वजनिक गर्नुपर्छ । यदि सरकारले मौनता साध्यो भने युवासंघ स्वयं उनलाई खोजी गरी प्रहरीमा जिम्मा लगाएर कानुनी प्रक्रियामा ल्याउनेछ।'

गुरुङ पछिल्लो समय जेनजी अभियान्ताका रूपमा चर्चामा छन् । उनले गत भदौ २३ गते भएको जेनजी आन्दोलनमा भएको दमनका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध कानुनी कारबाहीको माग गर्दै आएका छन् ।

राष्ट्रिय युवा संघको शनिबार सम्पन्न बैठक संघका अध्यक्ष क्षितिज थेबेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077