जनकपुरधाम । मधेशका मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएका छन् ।
प्रदेश सभामा विश्वासको मत नपाउने निश्चित भएपछि उनले शनिबार साँझ प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष राजीनामा बुझाएका हुन् ।
यसअघि शनिबार विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेश सभा बैठकमा सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का सांसद रहबर अन्सारी र माला कुमारी कर्णले विपक्षमा मतदान गर्ने घोषणा गरेपछि सोनल सरकार स्पष्ट अल्पमतमा परेको थियो।
यो सँगै गत असोज २९ गते ५ दलका ५६ जना सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका सोनलको सरकार ३९ दिनमै ढलेको छ।