Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलले लिए शपथ

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलले लिए शपथ

बिहिवार , आश्विन ३०, २०८२

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मुख्यमन्त्री सोनलले बिहीबार एक समारोहबीच प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

उनीसँगै गणेश पटेल र महेश यादवले विना विभागीय मन्त्रीको शपथ लिएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता सोनल पाँच दलका ५६ सांसदको समर्थनमा बुधबार साँझ मुख्यमन्त्री नियुक्त भएका थिए ।

मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह मुख्यमन्त्री सोनलको शपथग्रहण समारोहमा सहभागी भएका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077