Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आलमको निधनमा कांग्रेसले आइतबार पार्टी कार्यालय बन्द गरेर झन्डा आधा झुकाउने

आलमको निधनमा कांग्रेसले आइतबार पार्टी कार्यालय बन्द गरेर झन्डा आधा झुकाउने

शनिवार , कार्तिक २२, २०८२

काठमाडौं । नेपाली कांग्रेसले पूर्वकेन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधनमा पार्टी कार्यालय बन्द गर्ने भएको छ।

शनिबार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले आइतबार तीनवटै तहका पार्टी कार्यालयहरू बन्द गर्ने निर्णय गरेको हो।

आलमको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेर बैठकले पार्टी कार्यालयहरू बन्द गर्ने निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकले शनिबारदेखि तीन दिनसम्म तीनै तहका पार्टी कार्यालहरूमा झण्डा आधा झुकाउने निर्णय पनि गरेको उनले बताए ।

यसैगरी स्वर्गरोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने पनि निर्णय कांग्रेसले गरेको छ।

आलमको गएराति ६३ वर्षको उमेरमा काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077