बागलुङ । बागलुङको ढोरपाटनमा पिकअप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
बुर्तिबाङबाट ढोरपाटन जाँदै गरेको ग ३ च ३८१९ नम्बरको पिकअप जीप ढोरपाटन नगरपालिका ८ र ९ को सिमाना च्वावीरमा आज दुर्घटना भएको हो ।
दुर्घटनामा ढोरपाटन –७ का २३ वर्षीय राजेन्द्र अदैको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेमध्य एक जनाको अवस्था गम्भीर रहेको छ भने चारै जना घाइतेको पहिचान भएको छैन ।
जीप सडकबाट भूजीखोलामा खसेको छ । घाइतेको स्थानीय र नेपाल प्रहरीले उद्धार गरी बुर्तिबाङ अस्पतालमा पठाएको थिए