काठमाडौँ । पूर्वमन्त्री जनार्दन शर्मा र घनश्याम भुसालले शुक्रबार बिहानै नेकपाका महासचिव नेत्र विक्रम चन्द 'विप्लव'लाई भेटेका छन् ।
वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानमा सक्रिय रहेका दुई नेताले बिहानै विप्लवको हरिसिद्धीस्थित निवासमा पुगेर लामो समयसम्म छलफल गरेका हुन् ।
तीन नेताबीचको भेटमा विकसित राजनीतिक परिस्थिति, वैकल्पिक शक्ति निर्माणको सम्भावना र आगामी सहकार्यका स्वरूपहरूबारे विस्तृत रूपमा चर्चा गरिएको बताइएको छ ।
पूर्वअर्थमन्त्री शर्माले यसअघि पनि वैकल्पिक शक्ति निर्माणका विषयमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र रास्वपाका नेताहरूसँग पनि संवाद गरेका थिए।
राजनीतिक वृत्तमा यो भेटलाई सम्भावित नयाँ राजनीतिक गठबन्धनको संकेतका रूपमा हेरिएको छ ।