रुकुमपश्चिम । आगामी प्रतिनिधि सभा चुनावका लागि प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले नेता जनार्दन शर्माको नाम रुकुमपश्चिमबाट एकल सिफारिस गरेको छ ।
प्रगतिशील लोकतान्त्रिक पार्टी कार्यालय रुकुमपश्चिको मुसिकोट खलङ्गामा बुधबार बसेको पार्टीको बैठकले शर्मालाई उम्मेदवार बनाएको हो ।
शर्मा उक्त पार्टीको संरक्षक समेत हुन् । विभिन्न दलहरुबीच भएको एकतापछिको नेपाली कम्युनिस्ट पार्टीमा नगएर शर्माले छुट्टै पार्टी दर्ता गरेका छन् ।
उनी तत्कालीन माओवादी केन्द्रका उपमहासचिव थिए । शर्माले तत्कालीन नेकपा माओवादी केन्द्रबाट २०६४ सालदेखि लगातार चुनाव जित्दै आएका छन् ।