Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुकुमको नयाँ सपना पूरा गर्ने अभिभारा मसँग छ : जनार्दन शर्मा

रुकुमको नयाँ सपना पूरा गर्ने अभिभारा मसँग छ : जनार्दन शर्मा

बिहिवार , फाल्गुण १४, २०८२

रुकुम । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता एवं रुकुम पश्चिमका उम्मेदवार जनार्दन शर्माले रुकुमको समृद्धिका लागि आफूले काम गर्ने बताएका छन्।

बिहीबार चुनावी घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले विगतमा अधिकारका लागि लडिएको र अबको चरण पूर्ण रूपमा विकास र समृद्धिको हुने बताएका हुन् । 

रुकुम अहिलेको सहज अवस्थामा आइपुगेको स्मरण गराउँदै उनले भने- 'आज हरेक क्षेत्रलाई मद्दत पुर्‍याउनका लागि ५० रुपैयाँ तिरेर फोन चार्ज गर्ने गरेको मध्ये तपाईहरु यही हुनुहुन्छ होला। त्यो अवस्थाबाट हामी यो अवस्थामा आइपुगेका छौँ । केही सपनाहरु हामीले हिजो देख्यौँ र ती आज आइपुग्दा एक हदसम्म पूरा भएका छन्। आज फेरि हामीसँग रुकुमको नयाँ सपना छ । त्यो सपनालाई पूरा गर्ने अभिभारा हामी सबैले फेरि एकसाथ भएर अगाडि बढ्नुपर्नेछ।’

रुकुम पश्चिमका उम्मेदवार समेत रहेका शर्माले रुकुमको समृद्धिका लागि ‘नयाँ सपना’ पूरा गर्न आफू तयार रहेको बताएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077