Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पार्टी सुधारका लागि कांग्रेससँग सम्बन्ध नभएका नौजवानहरूको साथ अपरिहार्य : गगन थापा

पार्टी सुधारका लागि कांग्रेससँग सम्बन्ध नभएका नौजवानहरूको साथ अपरिहार्य : गगन थापा

बिहिवार , कार्तिक २०, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सुदृढीकरण र सुधार यात्रालाई नयाँ ऊर्जा दिन युवापुस्ताको साथ अपरिहार्य रहेको बताएका छन् ।

बुधबार सामाजिक सञ्जालमार्फत एक भिडियो वक्तव्य जारी गर्दै उनले कांग्रेससँग प्रत्यक्ष सम्बन्ध नभएका नौजवानहरूलाई पनि सुधार र पुनर्गठनको अभियानमा सहभागी हुन आग्रह गरेका हुन् ।

महामन्त्री थापाले आगामी अधिवेशनलाई पार्टी सुधारको ऐतिहासिक अवसरका रूपमा चित्रित गर्दै सबै तहका कार्यकर्तालाई सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरे ।

'हाम्रो सुधार यात्रामा तपाईंहरूको साथ अपरिहार्य छ,' उनले भने, 'कांग्रेससँग प्रत्यक्ष सम्बन्ध नभए पनि तपाईंहरूको समर्थनले यो अभियानलाई नयाँ ऊर्जा र बल प्रदान गर्नेछ।'

थापाका अनुसार नेपाली कांग्रेसले आफ्ना संरचना, नीति र संगठनात्मक अभ्यासमा समयअनुकूल परिवर्तन आवश्यक रहेको बुझेको छ। उनले सुधारका बहसमा युवापुस्ताको विचार, दृष्टि र सक्रियता अनिवार्य रहेको उल्लेख गरे।

उनले थपे, 'पार्टी सुधार केवल नेताहरूको निर्णयमा सीमित हुँदैन। यो प्रक्रिया नौजवानहरूको सहभागिताबाटै सार्थक हुन्छ।'

युवापुस्तामाझ लोकप्रिय नेताका रूपमा परिचित थापाले पार्टीलाई समसामयिक बनाउने अभियानमा बाहिरका नौजवानहरूलाई समेत सहयात्री बन्न आह्वान गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077