Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

३३ औं आईजीपी नियुक्तिबारे बिहीबारको मन्त्रिपरिषद्मा छलफल हुने

३३ औं आईजीपी नियुक्तिबारे बिहीबारको मन्त्रिपरिषद्मा छलफल हुने

बुधवार , कार्तिक १९, २०८२

काठमाडौं । सरकारले नेपाल प्रहरीको ३३औं प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिको अन्तिम तयारी गरेको छ । स्रोतका अनुसार बिहीबारको मन्त्रिपरिषद्को बैठकबाटै निर्णयको तयारी भइरहेको छ ।

एक सातापछि प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले अवकाश पाउने भएकाले नयाँ आईजीपी नियुक्ति गर्न लागिएको हो । विगतमा अन्तिम दिनमा निर्णय गर्ने परम्परा तोड्दै सरकारले एक साताअघि नै नियुक्तिको गृहकार्य गरेको हो ।

३३औं आईजीपीको दाबेदारमध्ये दानबहादुर कार्की पहिलो नम्बरमा छन् । प्रधानमन्त्री सुशीला कार्की प्रधानन्यायाधीश हुँदा गरेको फैसलाको नजिरका आधारमा पनि आईजीपी नियुक्तिमा उनलाई सहज हुने बताइएको छ ।

प्रधानमन्त्री कार्की र गृहमन्त्री ओमप्रकाश अर्याल प्रहरीमा वरियता मिच्ने पक्षमा छैनन्। यहि कारण पनि कार्कीलाई आईजीपी बन्न सहज देखिन्छ । यद्यपी वरियतामा पछि रहेकाहरु उनीविरुद्ध कुरा लगाएर नियुक्तिमा चलखेल गरिरहेका छन् ।

दोस्रो नम्बरमा रहेका राजन अधिकारी, तेस्रो नम्बरमा रहेका मनोज केसी र चौथो नम्बरमा रहेका शिद्धिबिक्रम शाह पनि दौडधपुमा छन् ।

‘कुनै विवाद भएन भने बिहीबार नै निर्णय हुन्छ,’ प्रधानमन्त्री निकट एक अधिकारीले भने,‘नत्र सोमबारको मन्त्रिपरिषद्बाट प्रहरीको नयाँ नेतृत्व तय हुनेछ ।’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077