Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेसमा नियमित महाधिवेशन पक्षधरले बोलाए विशेष भेला

कांग्रेसमा नियमित महाधिवेशन पक्षधरले बोलाए विशेष भेला

बुधवार , कार्तिक १९, २०८२

काठमाडौं । नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधरले पनि काठमाडौंमा भेला आयोजना गर्दैछ ।

विशेष महाधिवेशन पक्षधरले भेला गरेपछि नियमित महाधिवेशन पक्षधर नेताहरूले पनि बिहीबार भेला आह्वान गरेका हुन् ।

भेला आयोजकमध्येका एक नेताका अनुसार बिहिबार बिहान साढे ११ बजे अनुपम फुडल्यान्डमा भेला आह्वान गरिएको छ ।

कांग्रेसमा नियमित महाधिवेशन कि विशेष महाधिवेशन भन्नेमा बहस भइरहेका बेलामा दुवै पक्षमा आ-आफ्नो पक्षमा माहौल देखाउन विशेष भेला बोलाइरहेका छन् । कांग्रेसको संस्थापन र नेता डा.कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनको पक्षमा उभिएका छन् ।

महामन्त्री थापाले २१ फागुनको चुनाव अघि १६-१९ पुससम्म विशेष महाधिवेशन गर्नुपर्ने तालिका प्रस्ताव गरेका छन् ।

यस्तै त्यसको काउन्टरमा संस्थापन पक्षका नेता सहमहामन्त्री महेन्द्र यादवले नियमित महाधिवेशनको कार्यतालिका पेस गर्दै आगामी २७(३० वैशाखसम्म नियमित महाधिवेशन गर्ने कार्यतालिका प्रस्तुत गरेका थिए ।

पार्टी केन्द्रीय समिति बैठकमा विशेष महाधिवेशन र नियमित महाधिवेशनको छुट्टाछुट्टै कार्यतालिका प्रस्तुत भए पनि कांग्रेसले केही निर्णय गरेको छैन ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077