Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नयाँ पार्टीमा तेस्रो वरिएता पाएपछि घोषणा सभामा पुगेका खनालले भने-अब कहिल्यै नफुट्ने संकल्प गरौं

नयाँ पार्टीमा तेस्रो वरिएता पाएपछि घोषणा सभामा पुगेका खनालले भने-अब कहिल्यै नफुट्ने संकल्प गरौं

बुधवार , कार्तिक १९, २०८२

काठमाडौं । माओवादीसँगको पार्टी एकताको विषयमा माधवकुमार नेपालसँग रुष्ट बनेका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल अन्ततः प्रचण्ड–नेपालसँग मिलेका छन् ।

माओवादी र नेकपा एससँगै दशवटा पार्टी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीमा तेस्रो वरियता पाएपछि सहमत भएका उनी आजको घोषणा सभामा पुगेका हुन् ।

घोषणा सभालाई सम्बोधन गर्दै उनले अब कहिल्यै पनि नफुट्ने प्रतिबद्धतासहित अघि बढ्न आग्रह गरे ।

अब नफुट्ने संकल्प लिएर अघि बढ्नुपर्ने बताएका उनले भने–‘यहाँ आज एकताका लागि जम्मा हुनुभएका सबै घटकहरूलाई भन्न चाहन्छु, अब हामी कहिल्यै फुट्ने छैनौं । यो संकल्पका साथ अघि बढौं ।’

यसअघि पनि कम्युनिस्ट एकता भएको जिकिर गर्दै ‘ए’ र ‘कता’ बेग्लाबेग्लै भएको बताए ।

उनल भने–‘यो भन्दा अगाडि पनि हामीले एकता त गर्‍यौं नि कमरेडहरू । तर ए बेग्लै भयो कता कता भयो । अरु हामी यहाँ जम्मा भएका पार्टीभन्दा बाहिर थुप्रै पार्टी छन् । म उहाँहरूलाई पनि भन्न चाहन्छु, नयाँ ढंगले सोचौं ।’

कम्युनिस्टहरू एकअर्काबीच आरोप प्रत्यारोप नगर्न पनि आग्रह गर्दै उनले भने–‘हामी वाम एकता गर्न चाहन्छौं । हामीले कहिले पनि पार्टी फुटोस् भनेर चाहेको होइनौं । तर पार्टीभित्र केही केही कुरा पसे । त्यसले पार्टी फुटेको छ । जे पसेको छ । त्यसलाई निकालेर फ्याँक्नुपर्‍यो । त्यसकारण हामीले नयाँ संकल्प गरेर अघि बढ्नुपर्नेछ ।’

उनले आफूले प्रचण्डसँग केही कुरा भनेको र त्यो मिलाउने प्रतिबद्धता भएपछि मात्रै एकता सभामा आएको बताए । मैले प्रचण्डलाई केही कुरा भनेको छ । कमरेड प्रचण्डलाई मैले त्यो भनिसकेको छु,’ खनालले भने–‘हामी त्यो कुराहरू मिलाउँछौं भनेर प्रतिबद्धता उहाँले गर्नुभएको छ ।’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077