Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इप्रका चिसापानीमा पहिलोपटक महिला इन्स्पेक्टर !

इप्रका चिसापानीमा पहिलोपटक महिला इन्स्पेक्टर !

बुधवार , कार्तिक १९, २०८२

कैलाली । इलाका प्रहरी कार्यालय चिसापानीको इतिहासमा पहिलोपटक महिला प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रमुख नियुक्त भएकी छन् ।

इन्स्पेक्टर मीरा खड्काले कात्तिक ५ गतेदेखि कार्यालय प्रमुखका रूपमा औपचारिक रूपमा कार्यभार सम्हालेकी हुन् । लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवलबाट सरुवा भई आएकी खड्काले कार्यभार सम्हाले लगत्तै आफ्नो क्षेत्रभित्र सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सक्रियता देखाएकी छन् ।

उनको नेतृत्वमा केही दिनअघि मोहन्याल गाउँपालिका–७ स्थित ग्रिन सिटी होटलमा प्रहरीले छापा मार्दा जुवातास खेलिरहेका सात जनालाई पक्राउ गरेको थियो । सो क्रममा १ लाख ७७ हजार नगदसमेत बरामद गरिएको थियो ।

सो अपरेसन इन्स्पेक्टर खड्काको नेतृत्वमा सञ्चालन गरिएको थियो, जसले उनको निडर र साहसिक कार्यशैलीको परिचय दिएको छ । उनले चिसापानीको कमाण्ड सम्हालेको केही दिनमा लागुऔषधसहित एक जनालाई समातेकी थिइन् ।

उनले अनलाइन नेपालसँग कुराकानी गर्दै भनिन्,‘चिसापानीमा महिला इन्स्पेक्टर होइन इन्स्पेक्टर छ भन्ने बुझ्नु होला । मेरो पहिलो काम जेनजी आन्दोलनमा लुटिएका हतियार बरामद, जेलबाट भागेका कैदी पक्राउ र लागुऔषध निर्मुल पार्नु हो ।’

उनले कार्यालयको जिम्मेवारी सम्हाले यता विभिन्न निकायहरुसँग परिचयात्मक कार्यक्रम गरिरहेकी छिन् । उनले यो आफ्नो पहिलो कमाण्ड रहेको बताउँदै अवसरको रुपमा लिएको बताइन् ।

पहिलोपटक इप्रका चिसापानीमा महिला इन्चार्ज बनेको भन्दै त्यहाँका नागरिकहरुले पनि गौरवको कुरा रहेको बताउँन थालेका छन् ।

पहिलो महिला प्रमुखका रूपमा जिम्मेवारी सम्हालेकी इन्स्पेक्टर खड्काले शान्ति–सुरक्षा र कानून कार्यान्वयनमा सक्रियता देखाउने विश्वास व्यक्त गरिएको छ । उनी इप्रका चिसापानीमा इन्स्पेक्टरमा १४ औँ इन्चार्ज हुन् । यसअघि इन्चार्ज बनेका सबै पुरुष थिए ।

चिसापानीमा बेलाबेला ग्याङफाइटका घटना हुने गरेका छन् । जसकारण सुरक्षाको दृष्टिकोणले चिसापानीलाई संवेदनशिल क्षेत्र मानिन्छ ।

May be an image of one or more people

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077