Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेसको विशेष महाधिवेशन पक्षधरको भेला सुरु

कांग्रेसको विशेष महाधिवेशन पक्षधरको भेला सुरु

मंगलवार , कार्तिक १८, २०८२

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको भेला सुरु भएको छ।

थापागाँउस्थित थापागाँउ व्याङ्क्वेटमा केही बेरअघिबाट भेला सुरु भएको हो ।

केन्द्रीय कार्यसमिति बैठकले १५ औं महाधिवेशनबारे कुनै पनि ठोस निर्णय गर्न नसकेपछि उक्त समूहले विशेष भेला डाकेको हो । कांग्रेसमा महाधिवेशन चुनावअघि कि पछि गर्ने भन्नेमा चर्को विवाद छ।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले नियमित नभए विशेष महाधिवेशन गर्नुपर्ने अडान लिइरहेका छन् भने संस्थापन पक्ष चुनावपछि मात्रै गर्ने रणनीतिमा छ।

विशेष महाधिवेशन पक्षधरहरूले २९ असोजमा झण्डै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर पार्टीमा बुझाउँदै विशेष महाधिवेशनको माग गरेका थिए ।

भेलामा महामन्त्री गगन थापा पक्षधर केन्द्रीय सदस्यहरूसमेत सहभागी छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077