Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राजनीतिक दल खोल्ने क्रम बढेपछि शिक्षामन्त्रीको व्यंग्य - २०० दल पुराऔँ, सुतीसुती खान पाइन्छ

राजनीतिक दल खोल्ने क्रम बढेपछि शिक्षामन्त्रीको व्यंग्य - २०० दल पुराऔँ, सुतीसुती खान पाइन्छ

मंगलवार , कार्तिक १८, २०८२

काठमाडौं । नेपालमा राजनीतिक दलहरूको संख्या दिनानुदिन बढ्दै जाँदा नागरिकहरू जस्तै शिक्षामन्त्री महावीर पुनले पनि व्यंग्य गरेका छन् । पछिल्लो समय निर्वाचन आयोगमा दर्ता राजनीतिक दलहरूको संख्या १ सय २५ पुगेको छ ।

नयाँ समूह र नेताहरूले आफ्नै संगठन खोलेर दर्ता गर्ने क्रम रोकिएको छैन। यसै विषयलाई लिएर मन्त्री पुनले सामाजिक सञ्जालमार्फत व्यङ्ग्यात्मक टिप्पणी गरेका हुन् ।

‘अब त २०० भन्दा बढी दल पुराऔँ, जुटेर देश समृद्ध हुन्छ कि फुटेर ?’ उनले लेखेका छन् । व्यङ्ग्यकै शैलीमा उनले थपेका छन्, ‘जति धेरै दलहरू बने, गणतन्त्र त्यति नै सफल र सुदृढ हुन्छ।’

उनले दलहरूको अत्यधिक वृद्धि राजनीतिमा अवसरवाद र स्वार्थमुखी प्रवृत्तिको द्योतक भएको संकेत पनि गरेका छन् ।
पुनले लेखेका छन्, ‘जति धेरै दल भयो, बसी–बसी गफ गर्न पाइने र सुती–सुती खान पाइने।’

निर्वाचन आयोगका अनुसार दर्ता भएका १२५ दलमध्ये सक्रिय रूपमा कार्यरत दलको संख्या सीमित भए पनि नयाँ दल दर्ता गर्ने क्रम रोकिएको छैन।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077