Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भोजपुरका वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर, झण्डै डेढ करोड बिगो दाबी

भोजपुरका वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर, झण्डै डेढ करोड बिगो दाबी

सोमवार , कार्तिक १७, २०८२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय भोजपुरमा कार्यरत डिभिजनल वन अधिकृत दानबहादुर श्रेष्ठविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

श्रेष्ठले १ करोड ४३ लाख १८ हजार ९३७ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत खुलाउन नसकेको भन्दै सोही रकम बराबरको बिगो कायम गरी आयोगले आरोपपत्र दायर गरेको हो ।

आयोगले सोमबार जारी गरेको विज्ञप्तिअनुसार श्रेष्ठले सार्वजनिक पदमा रहेर पदीय अख्तियारको दुरुपयोग गरी अस्वाभाविक जीवनस्तर यापन गरेको र गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान थालिएको थियो ।

श्रेष्ठको सार्वजनिक सेवा प्रवेश मिति २०४८ साल असार २६ गतेदेखि २०८० साल फागुन १६ गतेसम्मको आय र व्ययको विश्लेषण गरिएको थियो। अनुसन्धानका क्रममा श्रेष्ठले एक करोड ४३ लाख १८ हजार ९३७ रुपैयाँ ५० पैसा भ्रष्टाचार गरेको पाइएको अख्तियारको ठहर छ ।

अख्तियारले श्रेष्ठले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति पत्नी नरमाया श्रेष्ठ, बुहारी भावना वरुवाल र बुहारी सञ्चालक रहेको फरेष्ट एण्ड इन्भारोमेन्ट रिसर्च अर्गनाइजेशन प्रालिको नाममा लुकाएको पाइएको जनाएको छ ।

श्रेष्ठविरुद्ध प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद सजाय, बिगो दरिवाना र गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्ति जफत गर्न माग राखी अख्तियारले सोमबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077