काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले सबै मन्त्री र सचिवहरूसँग छलफल गरेकी छिन् ।
प्रधानमन्त्री कार्कीले वर्तमान सरकार गठन भएपछि भएका कार्यप्रगतिको विवरण लिन सबै मन्त्री र सचिवहरूसँग छलफल गरेकी हुन्।
प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी बैठकमा सचिवहरूले आफ्ना मन्त्रालय र निकायहरूको प्रगति विवरण पेस गरिरहेका छन्। अहिले बैठक सिंहदरबारमा जारी छ ।
प्रधानमन्त्रीले आगामी दिनमा सुधार गर्नुपर्ने विषयमा निर्देशन दिने उनको सचिवालयले जनाएको छ ।