Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सवारी लाइसेन्ससम्बन्धी आंशिक सेवा सञ्चालनमा

सवारी लाइसेन्ससम्बन्धी आंशिक सेवा सञ्चालनमा

सोमवार , कार्तिक १७, २०८२

काठमाडौं । जेनजी आन्दोलनपछि स्थगित भएको सवारी लाइसेन्स सेवा आजदेखि आंशिक रुपमा सञ्चालनमा आएको छ ।

जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिका कारण नयाँ बानेश्वर मीनभवनस्थित यातायात व्यवस्था विभागको कार्यालयमा आगजनी भएपछि सबै सेवा ठप्प बनेको थियो ।

तोडफोड र आगजनीमा विभागको सर्भरमा समेत क्षति पुगेपछि देशभरका ४२ वटा यातायात व्यवस्था कार्यालयको सेवा अवरुद्ध बनेको थियो ।

यातायात व्यवस्था विभागले सूचना जारी गर्दै उपत्यकाका चार कार्यालयबाट लाइसेन्स सेवा आंशिक खुला भएको जनाएको छ।

विभागका अनुसार एकान्तकुना, राधेराधे, चाबहिल र सानो भर्‍याङबाट हाललाई विद्युतीय सवारी चालक अनुमतिपत्र र सवारी दर्ता आंशिक रुपमा सुचारु गरिएको हो। विभागले नयाँ प्रविधिमा आधारित भएर सवारी दर्ता तथा नवीकरण र इम्बोस्ड नम्बर प्लेटसम्बन्धी सेवाबारे भने निर्णय गरेको छैन।

आगामी दिनमा क्रमशः अन्य कार्यालयबाट पनि सेवा विस्तार गरिने विभागले जनाएको छ । कार्यालयअरु नयाँ लाइसेन्सको आवेदन खुलाउन पनि लगभग तयार भएका छन्। तर, विभागको सर्भर नचल्दा उनीहरुले सेवा पूर्णरुपमा सुचारु गर्न पाइरहेका छैनन्।

यातायात व्यवस्था कार्यालय चाबहिलका सूचना अधिकारी गिरिजाप्रसाद रिजालका अनुसार चाबहिलस्थित कार्यालय पूर्णरुपमा ध्वस्त छ। दक्षिणकोकास्थित ट्रायल सेन्टरको परीक्षा हल रहेको भवनबाटै सेवा दिनेगरी व्यवस्था मिलाइनेछ। उनका अनुसार आजै साँझ वा भोलिदेखि सेवा दिन कार्यालय तयार छ। तर, विभागको सर्भर खुलेको छैन।

एकान्तकुना कार्यालयका प्रमुख केशब कुमार जि.एम.का अनुसार नयाँ लाइसेन्स सेवा सुरु गर्न विभागबाटै केही दिन समय लाग्ने तर आंशिक सेवा सुरु गरिसकेको बताए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077