Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यातायात व्यवस्था विभागले चेतावनी दिँदै भन्यो - विद्युतीय सवारीले नयाँ भाडा लिन पाउँदैनन्

यातायात व्यवस्था विभागले चेतावनी दिँदै भन्यो - विद्युतीय सवारीले नयाँ भाडा लिन पाउँदैनन्

मंगलवार , बैशाख ८, २०८३

काठमाडौं । यातायात व्यवस्था विभागले विद्युतीय सवारीसाधनले नयाँ भाडादर लागू गर्न नपाउने स्पष्ट पारेको छ ।

विभागका अनुसार हालै गरिएको भाडा समायोजन केवल डिजेल इन्जिन प्रयोग गर्ने अन्तरप्रदेशीय सार्वजनिक सवारीसाधनमा मात्रै लागू हुनेछ ।

गत चैत २५ गते अन्तर्राष्ट्रिय बजारमा जैविक इन्धनको मूल्यवृद्धि भएपछि स्वचालित भाडा समायोजन प्रणालीअनुसार डिजेल सवारीसाधनको भाडा बढाइएको थियो।

तर सो निर्णयलाई आधार बनाएर केही विद्युतीय सवारी सेवा प्रदायकले समेत बढेको भाडा असुल्न थालेको गुनासो आएपछि विभागले स्पष्टिकरण दिएको हो।

विभागका अनुसार विद्युतीय सवारीसाधनको हकमा साविककै भाडादर कायम रहनेछ। साथै, यात्रुबाट भाडा असुल्दा अनिवार्य रूपमा यात्री टिकट उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था रहेको पनि पुनः स्मरण गराइएको छ।

पछिल्लो समय केही सेवा प्रदायकले टिकट नदिई मनोमानी भाडा असुल्ने गरेको उजुरी प्राप्त भएको जनाउँदै विभागले यस्ता गतिविधि तत्काल रोक्न आग्रह गरेको छ।

विभागले चेतावनी दिँदै भनेको छ,'निर्देशन विपरीत भाडा असुली वा टिकट नदिएको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९, सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ लगायत प्रचलित कानुनअनुसार कडा कारबाही गरिनेछ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077