Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री कार्की र सातै प्रदेशका मुख्यमन्त्री छलफलमा

प्रधानमन्त्री कार्की र सातै प्रदेशका मुख्यमन्त्री छलफलमा

आइतवार , कार्तिक १६, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र सातै प्रदेशका मुख्यमन्त्रीबिचको छलफल सुरु भएको छ।

आइतबार अपराह्न सबै मुख्यमन्त्री प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेसँगै छलफल सुरु भएको हो ।

बैठकमा सहभागी हुन सातै प्रदेशका मुख्यमन्त्री बालुवाटार पुगेका छन् । बैठक केहीबेर ढिलागरी सुरु भएको छ ।

बैठकमा कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका मुख्यमन्त्रीहरू क्रमशः हिक्मतबहादुर कार्की, जितेन्द्रप्रसाद सोनार, इन्द्रबहादुर बानियाँ, सुरेन्द्रराज पाण्डे, चेतनारायण आचार्य, यामलाल कँडेल र कमलबहादुर शाहको उपस्थिति रहेका छन् ।

प्रधानमन्त्री कार्कीले परिवर्तित अवस्थामा संघ र प्रदेश सरकारबीच संवाद गर्न र सहकार्य थप सघन बनाउन बैठक आह्वान गरेकी हुन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077