Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

थापाथलीको ट्राफिक कार्यालय भत्काउन पुगेको महानगरको डोजर रित्तो हात फर्कियो

थापाथलीको ट्राफिक कार्यालय भत्काउन पुगेको महानगरको डोजर रित्तो हात फर्कियो

आइतवार , कार्तिक १६, २०८२

काठमाडौं । थापाथलीस्थित ट्राफिक प्रहरी प्रभागको कार्यालय भत्काउन पुगेको काठमाडौं महानगरपालिकाको डोजर फर्किएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले हस्तक्षेप गरेपछि महानगरपालिले आफ्नो निर्णयबाट पछि हट्दै डोजर फिर्ता गरेको हो ।

शनिबार बेलुकी जानकारी दिएर महानगरपालिकाले ट्राफिक प्रहरी कार्यालय खाली गर्न भनेको थियो ।

३० सालदेखि गुठीको जग्गामा बसिरहेको कार्यालय भत्काउने महानगरको निर्णयपछि ट्राफिक प्रहरीमा अन्यौलता छाएको थियो । उक्त कार्यालयमा अहिलेपनि झण्डै एक सय जना प्रहरी रहेको उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारी बताउँछन् ।

ट्राफिक प्रहरीलाई हटाउने माहानगरको निर्णयबारे ट्राफिक प्रहरी महाशाखाले प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँग छलफल गरेका थियो ।

त्यसपछि प्रशासनले तत्काल प्रहरीलाई नहटाउने भन्दै महानगरलाई पत्र लेखेपछि थापाथली पुगेको महानगरको डोजर फिर्ता भएको थियो ।

प्रहरी बस्नको लागि अन्य विकल्प नभएको अवस्थामा प्रशासनले पत्र पठाएको उपत्यका प्रहरी प्रमुख एआईजी दानबहादुर कार्कीले बताएका छन् ।

महानगरपालिकाले आज भत्काउने भनेको ट्राफिक प्रहरी कार्यालय नजिकै रहेका अन्य अनधिकृत संरचनाहरुमा भने शुक्रबार डोजर चलाएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077