Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक फेरि स्थगित

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक फेरि स्थगित

आइतवार , कार्तिक १६, २०८२

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजका लागि तय गरिएको बैठक स्थगित भएको छ।

बैठक अब २०८२ कात्तिक १८ गते मंगलबार दिउँसो १ बजे केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, बी।पी। नगर, ललितपुरमा बस्नेछ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।

महाधिवेशन कि नियमित महावेशन, अनि त्यो कहिले गर्ने भन्ने विषयमा एक मत नबन्दा कांग्रेस बैठक प्रभावित बन्दै आएको छ।

संस्थापन इतर पक्षका नेताहरू आउँदो पुस १६ मा नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा छन् भने संस्थापन पक्ष फागुनको चुनावपछि महाधिवेशनमा जानुपर्ने पक्षमा छ।

साझा एजेन्डा तय गर्न शनिबार बसेको पदाधिकारी बैठक पनि निष्कर्षविहीन भएको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077