Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गगन र विश्वप्रकाशको प्रस्ताव कार्यवाहक सभापति खड्काद्वारा अस्वीकार

गगन र विश्वप्रकाशको प्रस्ताव कार्यवाहक सभापति खड्काद्वारा अस्वीकार

शुक्रवार , कार्तिक १४, २०८२

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का आजको केन्द्रीय समिति बैठकबाट पनि महाधिवेशन कार्यतालिका ल्याउन मानेका छैनन्।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग आज निवासमै छलफल गरेका कार्यवाहक सभापति खड्काले आजको केन्द्रीय समितिबाट कार्यतालिका ल्याउन नमानेका हुन्। केन्द्रीय समिति बैठक आज दिउँसो १ बजेका लागि बोलाइए पनि अहिलेसम्म सुरू हुन सकेको छैन।

महामन्त्रीद्वयले छलफलका क्रममा सभापति शेरबहादुर देउवाले समयमै महाधिवेशन गर्न कार्यवाहक सभापतिलाई जिम्मेवारी दिएकाले तत्काल महाधिवेशनको वातावरण बनाउने काम नेतृत्वको भएको बताएका थिए ।

आफू यो केन्द्रीय समिति बैठकबाट महाधिवेशन कार्यतालिका ल्याउन सकारात्मक भए पनि सबैसँग छलफलका लागि केही समय आवश्यक परेको कार्यवाहक सभापति खड्काले महामन्त्रीहरूलाई जानकारी गराएका थिए।

सभापति देउवानिकट नेताहरूले फागुन २१ को चुनाव सकेर वैशाखमा मात्रै नियमित महाधिवेशन गर्नुपर्ने बताइरहेका छन्।

महामन्त्री विश्वप्रकाश शर्माले मंसिरभित्र महाधिवेशन गर्न समय अभाव हुन्छ भन्ने लाग्छ भने पुस १६ देखि १९ गतेसम्म १५ औं महाधिवेशन गर्ने गरी निर्णय गर्नुपर्ने कुरा राखेका थिए। त्यसमा अर्का महामन्त्री थापाले पनि सहमति जनाए।

महामन्त्री थापाले कार्यवाहक सभापति खड्कालाई आज पनि महाधिवेशन कार्यतालिका पेस गर्न नपाउने हो भने आफू केन्द्रीय समिति बैठकमै अनुपस्थित रहने जानकारीसमेत गराएका छन्।

थापालले बिहीबारको बैठक पनि बहिस्कार गरेका थिए ।

यसैबीच, विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान सञ्चालन गरेको समूहले छुट्टै भेला बोलाएको छ।

केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनको कार्यतालिका समेत पेस हुन नसकेको भन्दै उनीहरूले पार्टीमाथि दबाब सिर्जना गर्न भेला बोलाएका हुन् ।

विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन अभियानको नेतृत्व गरेका नेता गुरूराज घिमिरेले छलफलका लागि भन्दै भेला बोलाइएको बताएका छन्।

नेता घिमिरेका अनुसार हस्ताक्षर संकलन अभियान सञ्चालन गरेको समूहको भेला आइतबारका लागि बोलाइएको छ । नयाँ बानेश्वरस्थित एक बैंक्वेटमा मध्यान्ह साढे १२ बजेबाट भेला सुरू हुने बताइएको छ।

उनले २९ असोजमा दुई हजार ४८८ जना महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर कार्यवाह सभापति पूर्णबहादुर खड्कालाई बुझाएका थिए।

३० असोजबाट छलफल सुरू भएको पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा विशेष महाधिवेशनको माग एजेन्डाका रूपमा भने पेस भएको छैन ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077