Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पुस १६ मा नियमित महाधिवेशन गर्ने गगन–शेखर पक्षको निष्कर्ष

पुस १६ मा नियमित महाधिवेशन गर्ने गगन–शेखर पक्षको निष्कर्ष

शुक्रवार , कार्तिक १४, २०८२

काठमाडौं । नेपाली कांग्रेस नेता शेखर कोइराला र महामन्त्री गगन थापा लगायतको समूहले पार्टीको नियमित महाविधेशन पुस १६ गतेसम्म गर्न सकिने निष्कर्ष निकालेको छ।

शुक्रबार बिहान कोइरालाले विशालनगरस्थित आफ्नो सम्पर्क कार्यलयमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेसँग छलफल गरेका थिए।

छलफलमा नियमति महाधिवशेनका रुपमा पुस १६ गते उद्घाटन गर्ने गरि तालिका ल्याउने सकिने र क्रियाशील सदस्यता अबको एक महिनाभित्र टुंग्याउन सकिने निष्कर्ष निकालिएको सहमहामन्त्री बद्री पाण्डेले बताए ।

पुस १६ गते पार्टीका संस्थापक बीपी कोइरालाले अघि सारेको राष्ट्रिय एकता तथा मेलमिलाप दिवस हो। त्यस्तै क्रियाशील सदस्यता टुंग्याएको १५ दिनभित्र तल्लो समितिका अधिवेशन पनि गर्न सकिने निष्कर्षमा यो समूह पुगेको छ।

विशालनगरको छलफलपछि आफ्नो समूहको निष्कर्ष लिएर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई भेट्न पुगेका छन्।

पदाधिकारी बैठक बस्नुअघि महाधिवेशनबारे एउटा साझा एजेन्डा बनाउने प्रयास अहिले कांग्रेसभित्र चलिरहेको छ। आफूले विशेष महाधिवेशनको एजेन्डा प्रस्तुत गर्न नपाएपछि थापाले हिजोको बैठक नै बहिस्कार गरेका थिए ।

तर, आज भने कार्यवाहक सभापति खड्का र दुई महामन्त्रीबीच सहमति जुटाउन बैठक चलिरहेको छ।

महामन्त्रीद्वय थापा र शर्माले २१ फागुनको निर्वाचनअघि नै पार्टीको १५औं महाधिवेशन गर्नुपर्ने भन्दै जारी केन्द्रीय कार्यसमिति बैठकमा कार्यतालिका पेश गर्न दबाब दिइरहेका छन्।

कार्यबाहक सभापति खड्का भने पहिले निर्वाचन र त्यसपछि मात्रै महाधिवेशनमा जानुपर्ने पक्षमा छन्। उनलाई संस्थापनका नेताहरुले बलियो साथ दिइरहेका छन्। यही कारण कांग्रेस बैठकमा महाधिवेशनसम्बन्धी कार्यतालिका पेश हुन सकेको छैन।

महामन्त्री थापा बिहीबारको बैठकमा कार्यतालिका पेश गर्ने तयारीमा थिए। तर, कार्यबाहक सभापति खड्का तयार नभएपछि थापा बैठकमै सहभागी भएनन्।

त्यसपछि शुक्रबार बिहान संस्थापन इतर समूहको बैठकले कोइरालाको सम्पर्क कार्यालयमा बसेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077