काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट निवेदन आह्वान गरेको छ ।
आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै इच्छुक संस्थाहरूलाई १५ दिनभित्र निवेदन दिन आह्वान गरेको हो ।
पर्यवेक्षण अनुमतिको लागि राष्ट्रिय संस्थाहरूले निवेदन दिँदा काठमाडौं उपत्यकाको हकमा निर्वाचन आयोगमा दिन सकिने आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
अन्य जिल्लाहरूको हकमा सम्बन्धित प्रदेश निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयमा कात्तिक २६ गतेभित्र निवेदन दिन सक्नेछन् ।
अन्तर्राष्ट्रिय संस्थाहरूले पर्यवेक्षण अनुमतिको लागि निवेदन दिँदा [email protected] मार्फत सन् २०२५ नोभेम्बर १२ भित्र निवेदन दिन सक्नेछन् ।