Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जनताले विगत जस्तै काँग्रेसबाट अपेक्षा गरेको छ, कमजोरीलाई स्वीकार गर्दै अघि बढ्छौँ: पूर्णबहादुर खड्का

जनताले विगत जस्तै काँग्रेसबाट अपेक्षा गरेको छ, कमजोरीलाई स्वीकार गर्दै अघि बढ्छौँ: पूर्णबहादुर खड्का

सोमवार , कार्तिक १०, २०८२

काठमाडौं । नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्रका आन्तरिक समस्यालाई समाधान गर्दै एकताबद्ध भएर अघि बढ्न नेपाली जनताले अपेक्षा राखेको बताएका छन् ।

सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पार्टीको भ्रातृ संगठन नेपाल तरुण दलको ७३ औं स्थापना दिवसको अवसर पारेर एक कार्यक्रममा बोल्दै उनले विगतमा भएका कमीलाई स्वीकार गर्दै अघि बढ्ने बताएका हुन्।

कार्यवाहक सभापति खड्काले आफ्नो पार्टीले फेरी संविधानको रक्षाका लागि नेतृत्वदायी भुमिका निर्वाह गर्ने समेत बताएका छन्।

खड्काले भने- 'वृहत एकतावद्ध भएर फेरि नेपाली जनताले, नेपालको माटोले, नेपाल राष्ट्रले, विगतको इतिहासको कालखण्डजस्तै फेरि नपाली काँग्रेसबाट अपेक्षा गरेको छ । आशा गरेको छ, भरोसा गरेको छ । हाम्रा विगतमा कमीकमजोरीहरु भए होलान् । ती कमीकमजोरीहरुलाई स्वीकार्छौ । नेपाली कांग्रेस संविधान र परिवर्तनको रक्षाका लागि, अधिकारलाई रक्षा गर्ने कुरालाई शीरमा राखेर हामी एकताबद्ध भएर अघि बढ्छौं ।'

चालु केन्द्रिय समिति बैठकले संविधानको रक्षा, लोकतन्त्रको रक्षा र नेपाली जनताको भरोसालाई कायम गर्ने गरी आवश्यक निर्णय लिने र मुलुकलाई समस्याबाट मुक्त गराउने कार्यवाहक सभापति खड्काको दावी थियो ।

उनले थपे- 'आज हामी तरुण दलको स्थापना दिवस मनाउँदैछौं । यो क्षणमा सबै तरुण साथीहरूलाई अनुरोध गर्न चाहन्छु, अत्यन्तै जुझारुपनका साथ तर अनुशासित भएर, धैर्यता, संयमता र जिम्मेवारीबोधका साथ देशको रक्षाका लागि एकताबद्ध हुनुछ । तरुणले आफूलाई तिखार्नुछ ।'

उनले मुलुकलाई संकटबाट निकास दिनका लागि संयमित भएर अघि बढन पार्टीका युवाहरुलाई आह्वान समेत गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077