Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आन्दोलन रोक्न प्रशासनले गरेको आग्रह दुर्गा प्रसाईंद्वारा अस्वीकार, उपत्यकाका सीडीओहरुसँग के भयो छलफल ?

आन्दोलन रोक्न प्रशासनले गरेको आग्रह दुर्गा प्रसाईंद्वारा अस्वीकार, उपत्यकाका सीडीओहरुसँग के भयो छलफल ?

आइतवार , कार्तिक ९, २०८२

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका मेडिकल व्यवसायी प्रसाईंसँग काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूले आज छलफल गरेका छन्।

प्रमुख जिल्ला अधिकारीहरूले प्रसाईंसहित प्रहरी प्रमुखलगायतसँग संयुक्त रूपमा छलफल गरेका हुन्।

प्रसाईंले छटलगत्तै आन्दोलन गर्ने बताइरहेको सन्दर्भमा छलफल भएको बताइएको छ । छलफल जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भएको हो।

प्रसाईंले विगतमा नै विभिन्न सामाजिक सञ्जालहरूमा छठलगत्तै ठूलो आन्दोलन गर्ने भन्दै अन्तर्वार्ता दिंदै आएका छन् ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले आन्दोलन गर्ने विषयमा प्रसाईंले सामाजिक सञ्जालहरू र अन्तर्वार्ताका विषयमा छलफल भएको बताएका छन् । उनले प्रसाईंले गर्न लागेको आन्दोलनको स्वरूप कस्तो हुने र माग के हो भन्ने विषयमा पनि कुराकानी गरिएको बताए ।

प्रसाईंले मागहरू उल्लेखित पत्र प्रहरी, प्रशासनलाई उपलब्ध गराएका छन्। सीडीओहरु र सुरक्षा निकायका पदाधिकारीहरुले भने अहिले आन्दोलन गर्ने अवस्था नभएको भन्दै रोक्न आग्रह गरेका थिए । तर, प्रसाईंले नमानेपछि शान्तिपूर्ण तरिकाले आन्दोलन गर्न आग्रह गरेको स्रोत बताउँछ ।

छलफलअघि प्रसाईंले आजै प्रधान सम्पादकहरूसँगको अन्तर्क्रियामा आफू सुध्रेर जाने र देशको लागि लड्ने प्रतिवद्धता दोहोर्याएका थिए ।

त्यसअघि उनले सामाजिक सञ्जाल फेसबुकमा सरकारले वार्तामा बोलाएको भए स्वागत गर्ने उल्लेख गरेका थिए।

उनले फेसबुकमा लेखेका थिए–‘सरकारले यदि हामीलाई आधिकारिक रूपमा वार्ताका लागि बोलाएको हो भने, हामी यसको स्वागत गर्दछौं। जनताको आवाज सुन्ने यो कदमका लागि ओली सरकारले कहिल्यै देखाउन नसकेको जिम्मेवारी अहिलेको सरकारले देखाएको छ भन्ने हाम्रो मूल्यांकन छ । वार्ता गर्न बोलाउँदैमा मात्रै होइन — राष्ट्र र नागरिक जोगाउने परिणामसहितको समाधान अब देशले चाहेको छ।’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077