Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिफारिस भएका चार मन्त्रीमध्ये गुप्ता र गौतमको मात्रै शपथ हुने

सिफारिस भएका चार मन्त्रीमध्ये गुप्ता र गौतमको मात्रै शपथ हुने

आइतवार , कार्तिक ९, २०८२

काठमाडौं । नयाँ मन्त्रीका लागि सिफारिस भएका चारजना मन्त्रीमध्ये दुई जनाको मात्रै शपथ हुने भएको छ ।

सिफारिस भएका चारमध्ये बब्लु गुप्ता र सुधा शर्मा गौतमको भने शपथ हुने भएको हो ।

यसअघि सिफारिस भएका चारमध्ये खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठको शपथ आज नहुने उच्च स्रोतले बताएको छ ।

सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिनेगरी उनिहरुको नाम सिफारिस गरिएको थियो ।

सुनार फौजदारी मुद्दामा प्रतिवादी रहेको खुलासा भएपछि प्रधानमन्त्री सुशीला कार्कीले थप छलफल गरेकी थिइन् । छलफलपछि सुनारसहित श्रेष्ठको पनि शपथ रोकिएको प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जानकारी गराएका छन् ।

श्रेष्ठको पनि भूमिसम्बन्धी मुद्दा विचाराधीन रहेको विषय बाहिरिएपछि शपथ नहुने भएको हो।

राष्ट्रपति कार्यालयले अहिले दिउँसो साढे २ बजेका लागि शपथ ग्रहण कार्यक्रम तय गरेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077