एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्य गराउन चीनसँग सहयोग मागेका छन् ।
ट्रम्पले युक्रेन युद्ध समाप्त गर्न रुससँगको सम्झौतामा चीनको सहयोग लिन चाहेको बताएका हुन् ।
ट्रम्पले भने, “म युक्रेन शान्ति प्रक्रियाको मामिलामा चीनले हामीलाई सहयोग गरोस् भन्ने चाहन्छु ।” एसिया भ्रमणमा निस्किएका ट्रम्पले एयर फोर्स वान विमानमा पत्रकारसँग यस्तो बताएका हुन् ।
यो भ्रमणका क्रममा उनले दक्षिण कोरियामा चीनका राष्ट्रपति सी चिनफिङसँग भेट गर्नेछन् । चीन रुसको सबैभन्दा ठूलो सहयोगी हो ।
र, युक्रेन युद्धका विषयमा पश्चिमा देशले लगाएको प्रतिबन्धपछि पनि चीन रुसका निम्ति महत्त्वपूर्ण सहारा बनेको छ ।