Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस महामन्त्रीद्वयको अपिल : मतदाता नामावली दर्ता अभियानलाई व्यापक बनाऔं

कांग्रेस महामन्त्रीद्वयको अपिल : मतदाता नामावली दर्ता अभियानलाई व्यापक बनाऔं

शनिवार , कार्तिक ८, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले आगामी निर्वाचनलाई लक्षित गर्दै देशव्यापी ‘मतदाता दर्ता अभियान’मा सक्रिय सहभागिता जनाउन पार्टीका सबै तह र संरचनालाई अपिल गरेका छन् ।

निर्वाचन आयोगले जारी गरेको ताजा सूचनालाई दृष्टिगत गर्दै दुवै महामन्त्रीले यही कात्तिक मसान्तभित्र मतदाता नामावली दर्ता कार्य पूरा गर्न विशेष पहल गर्न आग्रह गरेका हुन् ।

संयुक्त रूपमा जारी परिपत्रमा उनीहरूले पार्टीका प्रदेश, जिल्ला र स्थानीय तहका कार्यसमिति, साथै संसदीय दलका सदस्यहरूलाई छठ पर्वलगत्तै आफ्नो(आफ्नो जिल्लामा सक्रिय भएर अभियान सञ्चालन गर्न निर्देशन दिएका छन्।

“कात्तिक ३० गतेसम्म जिल्ला निर्वाचन कार्यालय वा आयोगले तोकेको दर्ता केन्द्रमा पुगेर नाम दर्ता गर्न सकिन्छ। नागरिकताको प्रमाणपत्र अनिवार्य रूपमा साथमा लैजानुहोस्,” परिपत्रमा भनिएको छ।

महामन्त्रीद्वयले नागरिकता नबनाएका युवाहरूलाई पहिले नागरिकता बनाउने र सोही दिन मतदाता नामावलीमा नाम दर्ता गराउने व्यवस्था बारे जनचेतना फैलाउन आग्रह गरेका छन्।

कांग्रेस नेतृत्वले निर्वाचनलाई सशक्त बनाउने आधार नै मतदाता नामावली अद्यावधिक अभियान भएको बताउँदै, सबै तहका कार्यकर्तालाई अन्य काम थाँती राखेर ‘सम्पूर्ण ध्यान, मतदाता दर्ता अभियान’मा केन्द्रित हुन निर्देशन दिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077