Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुकुम पश्चिम जीप दुर्घटना : ६ जनाको पहिचान खुल्यो

रुकुम पश्चिम जीप दुर्घटना : ६ जनाको पहिचान खुल्यो

शुक्रवार , कार्तिक ७, २०८२

रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ लिस्नेस्थित भित्री सडक खण्डमा जिप दुर्घटनामा मृत्यु भएका मध्ये ६ जनाको पहिचान खुलेको छ। दुर्घटनामा सात जनाको मृत्यु र १० जना घाइते भएका छन्।

मृत्यु हुनेमा आठबिसकोट नगरपालिका–२ स्यालाकी ३० वर्षीया कमला ओली, १६ वर्षीय टेकजङ बुढा, १५ वर्षीया दिलमाया बुढा, १७ वर्षीया मनिका ओली, १८ वर्षीया शर्मिला बिक र २२ वर्षीय गोपाल ओली रहेका छन्

प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार एक जनाको पहिचान खुल्न बाँकी छ। घाइते १० जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले ल्याइँदै गरिएको छ।

खलङ्गाबाट स्यालाखदीतर्फ गइरहेको रा१ज ४२२ नम्बरको बोलेरो जिप बाँफिकोट–७ लिस्नेमा दुर्घटना भएको हो। प्रारम्भिक अनुसन्धान अनुसार सडक भासिनु र ओभरलोडकै कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।

यसअघि ८ जनाको मृत्यु भएको जानकारी प्राप्त भए पनि प्रहरीले भने ७ जनाको मृत्यु भएको पुष्टि गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077