Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेश प्रदेशका मुख्यमन्त्री सोनलले छठपछि विश्वासको मत लिँदै

मधेश प्रदेशका मुख्यमन्त्री सोनलले छठपछि विश्वासको मत लिँदै

शुक्रवार , कार्तिक ७, २०८२

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) ले छठपछि विश्वासको मत लिने तयारी गरेका छन् । नियुक्ति भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

यसअघि मुख्यमन्त्री रहेका जनमत पार्टीका शतिस कुमार सिंहले समर्थन फिर्ता भएपछि राजीनामा दिएका थिए ।

त्यसपछि  गत असोज २९ गते जनता समाजवादी पार्टी ९जसपा०नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादीको समर्थनमा उनी मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रदेश सभामा यी पाँच राजनीतिक दलको सांसद संख्या ५७ छ । जसपा नेपालको १९, जनमत पार्टीको १३, माओवादी केन्द्रको ९, लोसपाको ९ र नेकपा एकीकृत समाजवादीका ७ जना सांसद छन् । १०७ सदस्यीय प्रदेश सभामा सरकार बनाउन ५४ सांसद भए पुग्छ ।

यसबीचमा चाडपर्व परेकाले छठपछि विश्वासको मत लिने तयारीमा रहेको मुख्यमन्त्री सोनलले जानकारी दिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077