Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपालको झण्डासहित मधेसका सात दल धर्नामा

नेपालको झण्डासहित मधेसका सात दल धर्नामा

आइतवार , कार्तिक ३०, २०८२

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिको विरोधमा मधेश प्रदेशका सात दलका नेता कार्यकर्ताहरु आइतबार पनि धर्नामा बसेका छन् ।

एक साता अघिदेखि आन्दोलन गर्दै आएका उनीहरुले आइतबार पनि प्रदर्शनलाई निरन्तरता दिएका हुन् । उनीहरुले मुख्यमन्त्री नियुक्ति असंवैधानिक भएको भन्दै त्यसको खारेजको माग गदै आएका छन् ।

त्यसैगरी उनीहरुले सांसदहरुमाथि कुटपिटमा उत्रिने मधेश प्रदेश सभाका उपसभामुख रामचन्द्र मण्डलको सांसद पदमुक्तिलगायतका प्रकरणको विरोध गरिरहेका छन् । मण्डलविरुद्ध अविस्वासको प्रस्ताव दर्ता भइसकेको छ ।

नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित सातदलले मुख्यमन्त्री खारेजीविरुद्धको सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज दुवै पक्षबीच छलफल पनि हुँदैछ ।

सडकदेखि सर्वोच्च अदालतसम्म सात दलले मुख्यमन्त्रीविरुद्ध र प्रदेश सभामा सभामुखविरुद्ध धर्ना जारी राखेका छन् । आज उनीहरुले पार्टीको नभई नेपालको झण्ड बोकेर प्रदर्शन गरिरहेका छन् ।

मधेस प्रदेशकी तत्कालीन प्रदेश प्रमुख सावित्रा भण्डारीले सुवेदीले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम नेकपा एमाले संसदीय दलका नेता यादवलाई होटलमा बोलाएर मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।

मुख्यमन्त्री यादवको शपथग्रहण पनि होटलमा गरिएको थियो। त्यसलगत्तै उनी बर्खास्तीमा परेकी थिइन् ।

त्यसका विरुद्ध मधेस प्रदेश सभामा प्रतिनिधित्व गर्ने सात दल आन्दोलनमा छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077