Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पुटिनसँगको वार्ता योजना स्थगित, ट्रम्पले भने – निरर्थक बैठक जरुरी छैन

पुटिनसँगको वार्ता योजना स्थगित, ट्रम्पले भने – निरर्थक बैठक जरुरी छैन

बुधवार , कार्तिक ५, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको प्रस्तावित भेट स्थगित भएपछि आफूले ‘निरर्थक बैठक’ गर्न नचाहेको बताएका छन् ।

युक्रेन युद्धबारे प्रत्यक्ष वार्ता गर्ने तयारी स्थगित भएपछि ट्रम्पले मंगलबार ह्वाइट हाउसमा पत्रकारसँग यस्तो बताएका हुन् । उनले भने, ‘हामीले बैठक गर्नैपर्छ भन्ने होइन । म चाहन्नँ कि त्यो बैठक निरर्थक बनोस् ।’

अमेरिकी अधिकारीहरूले यसअघि ट्रम्प र पुटिनबीच तत्काल कुनै बैठकको योजना नरहेको बताएका थिए । ट्रम्पले गत हप्ता भनेका थिए , उनीहरू दुई साताभित्र हङ्गेरीको राजधानी बुडापेस्टमा भेट्नेछन् ।

तर, पछिल्ला दिनमा वासिङ्टन र मस्कोबीच शान्ति प्रस्तावमा गम्भीर मतभेद देखिएपछि सम्भावित सम्मेलन टरेको बुझिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077