Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दलहरुलाई प्रधानमन्त्रीको प्रस्ताव-अब जेनजीसँग छलफलमा बसौं

दलहरुलाई प्रधानमन्त्रीको प्रस्ताव-अब जेनजीसँग छलफलमा बसौं

मंगलवार , कार्तिक ४, २०८२

काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा भएको राजनीतिक दलहरुसँगको बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले दलहरूलाई जेनजीसँगै बस्न नयाँ प्रस्ताव गरेकी छिन् । मंगलबार वालुवाटारमा जारी दलहरूसँगको बैठकमा प्रधानमन्त्री कार्कीले यस्तो प्रस्ताव गरेकी हुन् ।

आज साँझ भएको बैठकमा दलहरूले राखेको चुनावीको चासोपछि जवाफ दिँदै प्रधानमन्त्री कार्कीले जेनजीसँग छलफल गर्न प्रस्ताव गरेकी हुन् । उनले भनिन्–‘राष्ट्रपतिज्यूबाट संवादको ढोका खोलिदिने काम भएको छ। अब जेनजी र दलहरू बसौँ।’

साथै प्रधानमन्त्री कार्कीले सरकार तोकिएकै समयमा भयरहित वातावरणमा चुनाव गराउन तयार रहेको बताइन् । उनले भनिन्–‘चुनाव गराउन सरकार कटिबद्ध छ। ।‘ यसैका निमित्त अहोरात्र खटिएर मन्त्रीज्यूहरु, सुरक्षा निकायलगायत हामी काम गरिरहेका छौँ।’

यस्तै प्रधानमन्त्री कार्कीसँग दलहरूले संवादमा ढिलाइ किन भन्ने प्रश्‍न गरेका थिए भने जवाफमा प्रधानमन्त्रीले जेनजी घाइतेहरूको उपचार र शहीदका शव व्यवस्थापन तथा परिवारका लागि राहत जुटाउँदा समय लागेको जवाफ फर्काएकी थिइन् ।

बैठकमा नेकपा एमालेले भने निर्धारित समयमा वर्तमान सरकारले चुनाव गराउन सक्दैन कि भन्ने आशंका व्यक्त गरेको छ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको सर्वदलीय बैठकमा एमालेले यस्तो आशंका व्यक्त गरेको हो।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार बैठकमा सहभागी एमाले नेताहरूले वर्तमान सरकारले चुनाव गराउन सक्दैन कि भन्ने आशंका व्यक्त गरेका छन्। उनीहरू चुनावको विरोध भने गरेका छैनन्।

सर्वदलीय बैठकमा एमालेबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीपकुमार ज्ञवाली सहभागी थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077