Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रास्वपाको विस्तारित बैठक एक हप्तापछि सर्‍यो

रास्वपाको विस्तारित बैठक एक हप्तापछि सर्‍यो

आइतवार , कार्तिक २, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो केन्द्रीय समितिको विस्तारित बैठक एक हप्ताका लागि स्थगित गरेको छ ।

पार्टीले शान्ति–सुरक्षासम्बन्धी सम्भावित चुनौतीलाई कारण देखाउँदै पूर्वनिर्धारित बैठक अब २०८२ कात्तिक २१ र २२ गते गर्ने निर्णय गरेको हो।

शनिबार साँझ बसेको पार्टी केन्द्रीय समितिको भर्चुअल बैठकले बैठक स्थगित गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए।

उनका अनुसार, विस्तारित बैठकका लागि प्रस्तावित स्थान नजिकै एकादशी मेला लाग्ने भएकाले शान्ति–सुरक्षामा चुनौती हुन सक्ने जानकारी प्राप्त भएपछि बैठक सारिएको हो ।

रास्वपाले भने बैठक कहाँ गर्ने भन्ने स्थान हालसम्म सार्वजनिक गरेको छैन।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077