Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विद्युत् प्राधिकरणले भन्यो- तिहारमा विद्युत अभाव हुँदैन, जति पनि झिलिमिली गर्दा हुन्छ

विद्युत् प्राधिकरणले भन्यो- तिहारमा विद्युत अभाव हुँदैन, जति पनि झिलिमिली गर्दा हुन्छ

आइतवार , कार्तिक २, २०८२

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले तिहारमा बत्तीको अभाव नहुने बताएको छ ।

झिलिमिलीको पर्व तिहारमा लोडसेडिङ नहुने र ढुक्कसँग जति पनि बत्ती बालेर चाड मनाउन प्राधिकरणले आम उपभोक्तालाई आग्रह गरेको हो ।

प्राधिकरणका अनुसार तिहारको समयमा उद्योगधन्दाहरू बन्द भइ ठुलो मात्रामा बिजुली बचत हुने भएकाले घरायसी प्रयोजनका लागि उपयोग गर्न सकिन्छ ।

प्राधिकरणका प्रवक्ता राजन ढकालले भने- 'पहिले तिहारको लक्ष्मी पूजामा सबैभन्दा बढी लोड हुन्छ भन्ने बुझाइ थियो, तर उद्योगहरू बन्द हुँदा समग्र प्रणालीमा लोड घट्छ । अहिले विद्युत् खेर जाने अवस्था छ, त्यसैले जति पनि झिलिमिली गर्न सक्नुहुन्छ ।'

उनले प्राविधिक समस्याबाहेक अन्य कारणले बत्ती नजानेमा ढुक्क हुन आग्रह गरेका छन् ।

तिहारमा उद्योगहरू बन्द हुँदा दैनिक करिब २०० देखि ३०० मेगावाट विद्युत् बचत हुनेछ । उक्त बिजुली सिधै घरायसी उपभोक्तालाई उपलब्ध गराइनेछ ।

प्राधिकरणले विद्युत् आपूर्तिमा कुनै पनि किसिमको प्राविधिक गडबडी आउन नदिन कर्मचारीहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ ।

कुनै स्थानमा फल्ट भएमा तत्काल समाधान गर्न विशेष टोलीहरू तयारी अवस्थामा राखिने ढकालले बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077