Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विद्युत् महसुल नतिर्ने २७७ जना कालोसूचीमा, लाइन काटियो

विद्युत् महसुल नतिर्ने २७७ जना कालोसूचीमा, लाइन काटियो

मंगलवार , बैशाख ८, २०८३

चितवन । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरले चालु आर्थिक वर्षमा २७७ ग्राहकलाई कालोसूचीमा राखेको छ ।

लामो समयसम्म विद्युत् महसुल नतिर्ने ती ग्राहकलाई केन्द्रले कालोसूचीमा राखेको हो ।

केन्द्रका सूचना अधिकारी नन्दराम विष्टका अनुसारउनीहरुबाट एक करोड चार लाख १७ हजार ३८१ बक्यौता उठ्न बाँकी रहेको छ ।

यस आर्थिक वर्षमा केन्द्रले छ महिनासम्म पनि विद्युत् महसुल नतिरेका एक हजार ८२६ जना ग्राहकको विद्युत् लाइन काटेको छ। 

केन्द्रमा हाल ७४ हजार ८७६ ग्राहक रहेका छन् । ती ग्राहकबाट रु ४९ करोड चार लाख १० हजार ४३७ बक्यौता उठाउन बाँकी रहेको उनले जानकारी दिए । 

बक्यौता असुलीका लागि कार्यालयले लाइन काट्ने, सेवाग्राहीलाई सूचित गर्नेलगायतका काम गरिरहेको उनले बताए । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077