Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ

विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ

बुधवार , बैशाख २३, २०८३

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त भएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठले बुधबार प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठलाई नियुक्त गरेका हुन् ।

अर्को व्यवस्था नहुँदासम्मको लागि वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक श्रेष्ठलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको हो।

यसअघि कार्यकारी निर्देशकमा हितेन्द्र देव शाक्य थिए । उनी सरकारले ल्याएकोसार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ बमोजिम स्वत: पदमुक्तमा परेका थिए ।

शाक्यले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकका रूपमा तीनपटक नियुक्ति पाए पनि कुनैपटक पनि कार्यकाल पूरा गर्न सकेनन्।

उनको पहिलो नियुक्ति २०७७ कात्तिकमा भएको थियो, तर करिब ८ महिनामै पदबाट हटाइए। त्यसपछि २०७८ साउनमा कुलमान घिसिङ लाई कार्यकारी निर्देशक बनाइएको थियो।

पछि पुनः २०८१ चैतमा नियुक्त भएका शाक्यलाई सुशीला कार्की सरकारले केही महिनामै जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको थियो।

अदालतको आदेशबाट पुन: कार्यकारी निर्देशकका फर्किएका शाक्यको यसपटक भने नियुक्ति नै खारेज भएको छ । 

हालै बालेन्द्र शाह नेतृत्वको सरकारले जारी गरेको अध्यादेशअनुसार राजनीतिक नियुक्तिमा रहेका १५९४ पदाधिकारीलाई हटाउँदा शाक्य पनि पदमुक्त भएका हुन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077