Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कलाकार रमेश दुलालले गरे नारायणहिटी गेट अगाडि २२औँ काग सम्मेलन

कलाकार रमेश दुलालले गरे नारायणहिटी गेट अगाडि २२औँ काग सम्मेलन

आइतवार , कार्तिक २, २०८२

काठमाडौं । काग तिहारको शुभ अवसरमा कलाकार रमेश दुलाल ‘कागे’ले राजधानीको नारायणहिटी गेट अगाडि ‘२२औँ काग सम्मेलन’ भव्य रूपमा सम्पन्न गरेका छन् ।

टप राजधानी रोधी र ग्रीनसिटी अस्पताल बसुन्धाराको सहआयोजनामा सम्पन्न कार्यक्रममा दुलालले आफ्नो अद्वितीय कला प्रस्तुत गर्दै हजारौं कागलाई आकर्षित गरेका हुन् ।

बिहान पौने ६ बजे सुरु भएको कार्यक्रममा उनले कागको आवाज निकाल्नासाथ आकाशमा उडिरहेका दर्जनौं कागहरू झर्दै भेला भएका थिए। उपस्थित दर्शकहरूले यो दृश्यलाई अद्भुत र सांस्कृतिक रूपमा अनौठो अनुभवका रूपमा वर्णन गरेका छन्।

दुलालले कागसहित अहिलेसम्म १ सय ७३ प्रजातिका जनावर र चराचुरुङ्गीका आवाजहरू नक्कली रूपमा निकाल्न सक्छन् ।

उनका अनुसार, विगतका वर्षहरूमा उनले कहिले रत्नपार्कस्थित शान्ति बाटिकामा, कहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा, त कहिले सामाजिक सन्देशसहित देशका विभिन्न ठाउँमा ‘काग सम्मेलन’ आयोजना गर्दै आएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077