Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

रमेश दुलालले रत्नपार्कमा बोलाए काग, संसद भवन कागले अबरोध बनाउने चेतावनी

काठमाडौं । काठमाडौंको रत्नापार्कस्थित शान्तिबाटिकामा १९औं ‘काग सम्मेलन’ गरिएको छ । काग तिहारका अवसरमा रत्नापार्कस्थित शान्तिबाटिकामा आज बिहान काग बोलाएर १९ औं काग सम्मेलन गरिएको हो ।

सम्मेलनमा एक सय ७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने इलामका रमेश दुलाल ‘कागे’ ले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा भेला पारेका थिए ।

दुलालले कागको स्वर निकालेर बोलाएपछि कागहरु उनको आवाज भएको ठाउँसम्म आएका थिए । कलाकार दुलालले काग सम्मेलनको अवसरमा काग, मयुरका स्वर निकालेर सुनाएका थिए । काग सम्मेलनपछि सञ्चारकर्मीसँग कुरा गर्दै दुलालले केही समयपछि काग सम्मेलन गरी सिंहदरबार र संसद भवन अवरोध गर्ने सोच रहेको बताए ।

‘यसपालि बुढापाका नेताहरूलाई घरमै आराम गर्ने सन्देश दिन्छु । युवाहरूको जोस, जाँगरमा ध्यान दिनुपर्छ भन्ने सन्देश । २० वर्षमा ठूलो कार्यक्रम गर्ने सोच बनाएको छु । संसद भवन कागले अवरोध गर्ने भन्ने सोच बनाइरहेको छु । सिंहदरबार पनि घेर्ने सोच छ । अब केही समयपछि संसद भवन घेराउन गर्नुपर्छ, उनले भने ।

दुलालले विगत १८ वर्षदेखि काग तिहारका अवसरमा काग सम्मेलन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077