Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जेनजी आन्दोलनमा अदालत जोगाउने सहायक हवल्दार अधिकारीको विशेष बढुवा

जेनजी आन्दोलनमा अदालत जोगाउने सहायक हवल्दार अधिकारीको विशेष बढुवा

शुक्रवार , आश्विन ३१, २०८२

काठमाडौं । जेनजी आन्दोलनका क्रममा जिल्लाको शान्ति सुरक्षा कायम राख्न महत्वपूर्ण योगदान पुर्‍याउने सहायक हवल्दार संगीता अधिकारीलाई नेपाल प्रहरीले विशेष बढुवा गरेको छ ।

प्रहरी दिवसको अवसरमा आयोजित विशेष समारोहमा प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले अधिकारीलाई दर्ज्यानी चिन्ह लगाउँदै हवल्दार पदमा विशेष बढुवाको निर्णय कार्यान्वयन गरेका हुन् ।

दाङ जिल्ला अदालतमा आन्दोलनकारी समूहले तोडफोड र आगजनीको प्रयास गर्दा अधिकारीले आफ्नो टोलीसहित साहसिक रूपमा अदालत परिसरलाई जोगाएकी थिइन् ।

उनको तत्कालीन नेतृत्व र सूझबूझले ठूलो क्षति हुनबाट रोकिएको थियो । उनी हाल दाङ जिल्ला प्रहरी कार्यालयमा कार्यरत छिन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077