Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री र गृहमन्त्री पद नपाएपछि धरान फर्किएका साम्पाङ पुनः काठमाडौं आउँदै

प्रधानमन्त्री र गृहमन्त्री पद नपाएपछि धरान फर्किएका साम्पाङ पुनः काठमाडौं आउँदै

शुक्रवार , आश्विन ३१, २०८२

काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफू काठमाडौं आउन लागेको बताएका छन् ।

शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले लेखेका छन्, 'काठमाडौं छोटो समयका लागि आउँदैछु ।' तर उनले यात्राको उद्देश्यबारे भने कुनै विवरण सार्वजनिक गरेका छैनन्।

साम्पाङ हालको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारप्रति निरन्तर आलोचनात्मक रहँदै आएका छन् । उनले बारम्बार कार्की सरकारलाई ‘विदेशी प्रभावमा बनेको’ आरोप लगाउँदै प्रधानमन्त्री र केही मन्त्रीको राजीनामासमेत माग गरेका छन्।

गत भदौ २३ र २४ गते काठमाडौंमा भएको दुईदिने जनआन्दोलनपछि तत्कालीन केपी शर्मा ओलीको सरकार ढलेपछि साम्पाङ काठमाडौं आएका थिए ।

सो समयमा उनले स्वतन्त्र नेतृत्वमा सरकार बनाउने प्रयास गरे पनि सफल हुन सकेनन् र अन्ततः धरान फर्किएका थिए । उनले त्यस बेला प्रधानमन्त्री र गृहमन्त्री बन्न खोजेका थिए ।

अहिले प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् अपूर्ण रहेको र निकट भविष्यमा नयाँ मन्त्रीहरू थप्ने तयारी भइरहेको सन्दर्भमा साम्पाङको काठमाडौं भ्रमणलाई अर्थपूर्ण रुपले हेरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077