Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राजस्थानमा यात्रुबसमा आगलागी हुँदा २० जनाको मृत्यु

राजस्थानमा यात्रुबसमा आगलागी हुँदा २० जनाको मृत्यु

बुधवार , आश्विन २९, २०८२

एजेन्सी । भारतको पश्चिमी राज्य राजस्थानमा एक निजी बसमा आगलागी हुँदा मङ्गलबार कम्तीमा २० जनाको ज्यान गएको सरकारी अधिकारीहरूले बताएका छन्।

उक्त चलिरहेको बस राजस्थानको जैसलमेर जिल्लास्थित थायत गाउँ नजिकै सडकमा अचानक आगो लागेको थियो। यो स्थान राजस्थानको राजधानी जयपुरबाट करिब ५४८ किलोमिटर पश्चिममा पर्दछ।

अधिकारीहरूका अनुसार ५७ यात्रु सवार रहेको बस राजमार्गमा यात्रा गरिरहेको बेला पछाडिको भागबाट धुवा निस्कन थालेपछि चालकले बस रोकेका थिए। तर केही समयमै बस पुरै आगोमा परिणत भयो । धेरै यात्रुहरू बसमै फसेका थिए । तीमध्ये २० जनाको मृत्यु भएको हो।

केही घाइतेहरूको अवस्था गम्भीर रहेको जनाइएको छ।

यद्यपि आगलागीको कारण अझै पत्ता लाग्न बाँकी रहेको बताइएको छ, प्रहरीका अनुसार बसको भित्र विद्युतीय सर्ट सर्किटका कारण आगो लागेको हुन सक्ने अनुमान गरिएको छ। आगलागीबाट बस पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।

घटनाप्रति दुख व्यक्त गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री राहत कोषबाट प्रत्येक मृतकका परिवारलाई २ लाख र घाइतेहरूलाई ५० हजार क्षतिपूर्ति दिने घोषणा गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077