Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारत–अमेरिकाबीच १० वर्षे रक्षा साझेदारी सम्झौतामा हस्ताक्षर

भारत–अमेरिकाबीच १० वर्षे रक्षा साझेदारी सम्झौतामा हस्ताक्षर

शुक्रवार , कार्तिक १४, २०८२

एजेन्सी । भारत र अमेरिकाबीच दीर्घकालीन रक्षा साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यले १० वर्षे रक्षा फ्रेमवर्क सम्झौता सम्पन्न भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार भारतका रक्षामन्त्री राजनाथ सिंह र अमेरिकाका रक्षामन्त्री पिट हेगसेथले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौतामा मलेसियाको राजधानी क्वालालम्पुरमा दुई मन्त्रीबीच भेटवार्ता भएपछि हस्ताक्षर गरिएको हो ।

सम्झौतापछि रक्षामन्त्री सिंहले सामाजिक सञ्जाल एक्समार्फत भनेका छन्, यो सम्झौताले भारत–अमेरिका बीचको पहिले नै बलियो रक्षा साझेदारीमा नयाँ युगको सुरुवात गर्नेछ। रक्षा हाम्रा द्विपक्षीय सम्बन्धको प्रमुख स्तम्भका रूपमा रहनेछ।”

उनका अनुसार यो फ्रेमवर्क सम्झौताले आगामी दशकका लागि भारत–अमेरिका रक्षा सम्बन्धका सबै पक्षमा रणनीतिक दिशा र नीति–निर्देशन प्रदान गर्नेछ।

सिंहले यो साझेदारीलाई “दुई देशबीचको नयाँ दशकको सुरुवात” को रूपमा व्याख्या गर्दै भने, 'स्वतन्त्र, खुला र नियममा आधारित इन्डो–प्यासिफिक क्षेत्र सुनिश्चित गर्न हाम्रो सहकार्य निर्णायक बन्नेछ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077