Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतले भन्यो - लिपुलेकको विषयमा नेपालले एकतर्फी दाबी गर्नु राम्रो होइन्

भारतले भन्यो - लिपुलेकको विषयमा नेपालले एकतर्फी दाबी गर्नु राम्रो होइन्

बिहिवार , बैशाख २४, २०८३

काठमाडौं । भारतले नेपालसँगको सीमा विवाद समाधानका लागि वार्ताको टेबलमा बस्न आफू तयार रहेको बताएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले बिहीबार आयोजित पत्रकार सम्मेलनमा नेपालसँग छलफलमार्फत् विवाद समाधान गर्न भारत तयार रहेको बताएका हुन्।

भारत–चीनबीच लिपुलेक नाकामार्फत कैलाश मानसरोवर यात्रा पुनः सञ्चालन गर्ने निर्णयपछि नेपालले कूटनीतिक विरोध जनाइरहेका बेला भारतको यो धारणा सार्वजनिक भएको हो।

पत्रकार सम्मेलनमा प्रवक्ता जयसवालले लिपुलेकलगायत क्षेत्रबारे नेपालको दाबीलाई “एकतर्फी” भन्दै असन्तुष्टि जनाए।

'कैलाश मानसरोवर यात्रा सन् १९५४ देखि चल्दै आएको प्रक्रिया हो, यो कुनै नयाँ विषय होइन,' उनले भने, 'लिपुलेक लगायतका क्षेत्रमा नेपालको एकपक्षीय दाबी स्वीकार्य छैन। तर, भारत र नेपालबीच रहेका अन्य विषय तथा सीमा विवादका सवालमा हामी वार्ताका लागि तयार छौँ।'

उनले कुनै पनि विषय संवाद र कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिँदै “एकतर्फी रूपमा यो हाम्रो भूभाग हो भन्नु उचित प्रक्रिया होइन” भन्ने धारणा पनि राखे।

भारत र चीनले आगामी जुनदेखि अगस्टसम्म भारत नियन्त्रित नेपाली भूमि लिपुलेक हुँदै कैलाश मानसरोवर तीर्थयात्रा सञ्चालन गर्ने तयारी गरेपछि नेपालले औपचारिक आपत्ति जनाएको थियो।

नेपालको परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै लिपुलेक मार्ग प्रयोग गरी तीर्थयात्रा सञ्चालन गर्ने निर्णयप्रति असहमति जनाउँदै भारत र चीन दुवैलाई कूटनीतिक नोट पठाएको जानकारी दिएको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077