Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपालले कुटनीतिक तनाब बढाएको भारतीय मिडियाको आरोप

नेपालले कुटनीतिक तनाब बढाएको भारतीय मिडियाको आरोप

सोमवार , बैशाख २१, २०८३

काठमाडौं । उत्तराखण्डको लिपुलेक हुँदै जाने कैलाश मानसरोवर यात्रा मार्गको बारेमा नेपालले औपचारिक विरोध जनाएपछि भारतीय मिडियाहरुमा पनि चर्चा छाएको छ ।

भारतको विदेश मन्त्रालयले अब आफ्नो अडान स्पष्ट पारेको छ र नेपाललाई स्पष्ट प्रतिक्रिया दिएको भन्दै भारतीय मिडियाले लेखेका छन्  ।

नेपालले आफ्नो क्षेत्रीय सार्वभौमिकतालाई जोड दिँदै भारत र चीन दुवैलाई कूटनीतिक नोट पठाएको छ । नेपालले यो मार्गमा आपत्ति जनाएपछि भारतको विदेश मन्त्रालयले प्रतिक्रिया जनाएको छ, १९५४ देखि यो भारतको हो भनी भनिएको छ। विवादको पछिल्लो स्रोत लिपुलेक दर्रा हुँदै तीर्थयात्रा पुनः सुरु गर्ने भारतको घोषणा हो।

नेपालको विदेश मन्त्रालयले दृढ अडान लिएको छ, १८१६ को सुगौली सन्धिको ऐतिहासिक प्रावधान अन्तर्गत लिपुलेक, कालापानी र लिम्पियाधुरा आफ्नो क्षेत्रको अभिन्न अंग हो भनेर स्पष्ट पारेको छ।

नेपालको आपत्तिले यो रणनीतिक रूपमा महत्त्वपूर्ण त्रि(संयोग क्षेत्रमा फेरि एक पटक कूटनीतिक तनाव बढाएको भन्दै जीन्युजले लेखेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077