Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अस्ट्रेलिया भारतसँग ४८ रनले पराजित

अस्ट्रेलिया भारतसँग ४८ रनले पराजित

शुक्रवार , कार्तिक २१, २०८२

काठमाडौं । चौथो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारतले घरेलु टोली अस्ट्रेलियालाई ४८ रनले पराजित गरेको छ ।

भारतले दिएको १६८ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १८ ओभर २ बलमा ११९ रन बनाउँदा सबै विकेट गुमायो ।

अस्ट्रेलियाका कप्तान मिचेल मार्शले ३०, म्याथ्यू शर्टले २५ रन बनाए । भारतका वाशिङ्गटन सुन्दरले ३ विकेट लिए ।

यसअघि क्वीन्सल्यान्डको कारारा रङ्गशालामा टस हारेर ब्याटिङ गरेको भारतले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६७ रन बनायो ।

भारतका शुभमन गिलले ४६, अभिषेक शर्माले २८ रन बनाए । अस्ट्रेलियाका नाथल एलिस र एडम जाम्पाले ३र३ विकेट लिए ।

योसँगै भारतले पाँच खेलको शृङ्खलामा २–१ को अग्रता लिएको छ । पहिलो खेल वर्षाका कारण नतिजाविहीन बनेको थियो भने दोस्रो खेल अस्ट्रेलिया र तेस्रो खेल भारतले जितेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077