Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अदालत पुग्यो धुलिखेल मालपोतका खरिदारको भ्रष्टाचार मुद्दा

अदालत पुग्यो धुलिखेल मालपोतका खरिदारको भ्रष्टाचार मुद्दा

मंगलवार , आश्विन २८, २०८२

काठमाडौं । मालपोत कार्यालय धुलिखेल, काभ्रेपलाञ्चोकका खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

घुससहित समातिएका उनीमाथि आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।

आयोगको टंगालबाट खटिएको टोलीले गत भदौ १८ गते भण्डारीलाई दुई लाख रुपैयाँ घुससहित समातेको थियो ।

अनुसन्धानको क्रममा साविक दोलालघाट गाविस-७, स्थित फिल्ड बुकमा दर्ता छुट भएका जग्गाहरू धनीका नाममा छुट दर्ता गर्ने प्रयोजनका निम्ति सेवाग्राहीसँग घुस मागेको पाइएको अख्तियारले जनाएको छ ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम दुई लाख रुपैयाँ बिगो कायम गर्दै भण्डारीलाई कैद र जरिवाना सजायको मागदाबी गरेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077